सेन्ट्रल एसियन भलिबल च्यालेन्ज कपको उपाधि काजकिस्तानलाई

काजकिस्तानले पहिलो सेन्ट्रल एसियन सिनियर भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । उज्वेकिस्तानमा भएको प्रतियोगितामा काजकिस्तानका महिला तथा पुरुष दुवै टोली च्याम्पियन बनेका हुन्। 

काजकिस्तानको पुरुष टोलीले फाइनलमा कीर्गिस्तानलाई र महिला टोलीले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको हो । 

सेन्ट्रल एसियन भलिबल एसोसियसनको आयोजनामा ६ दिनसम्म चलेको सो प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा गरिएको थियो । उक्त प्रतियोगिताकमा सेन्ट्रल एसियाका उत्तरी क्षेत्रका चार टोलीले प्रतिस्पर्धा गरेका थिए । 

च्यालेन्ज कपको शीर्ष स्थानमा रहेको टोलीले आगामी सेप्टेम्बरमा हुने सेन्ट्रल एसियन भलिबल चयाम्पियनसिप खेल्न पाउने छ । सेन्ट्रल एसियन भलिबल चयाम्पियनसिपको महिला तर्फको खेल भारतमा र पुरुष टोलीको खेलमा यरानमा हुनेछ । 

यसअघि सेन्ट्रल जोनका नाममा प्रतियोगिता हुने गरे पनि यसपटक भने सेन्ट्रल जोनकै राष्ट्रहरुबीच फरक समूहमा खेल भएको हो । नेपाल, बंगलादेश, माल्दिभ्स, भुटान लगायतका देश सम्मिलित साउथ एसियन भलिबल च्यालेन्ज कप भने आगामी डिसेम्बरमा हुनेछ । 
 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १३:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया