काठमाडाैं उपत्यकाकाे निषेधाज्ञा लम्बाइयाे, राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने नियम हट्याे

काठमाडाैं उपत्यकाकाे निषेधाज्ञा लम्बाइएकाे छ ।

आज काठमाडाैं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरूकाे संयुक्त बैठकले भदाै १६ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेकाे हाे ।

बैठकले भदौ ९ गतेदेखि लागू हुने गरी राति ८ बजेपछि पनि गाडी चलाउन पाइने निर्णय गरेकाे छ । 

यसभन्दा अगाडि जारी गरिएकाे निषेधाज्ञामा अत्यावश्यक सेवा, ढुवानीका सवारीसाधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरू राति ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको थियो ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/ गराउन नपाउने जनाइएको छ।  

यसभन्दा अघिल्लाे पटक थप गरिएकाे निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै थियाे ।



 



  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १४:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया