माधव नेपालको साथ छाडेका १० जना एमाले बैठकमा सहभागी

माधव नेपालको साथ छाडेका १० जना स्थायी कमिटी सदस्यहरू अन्ततः एमाले बैठकमा सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै बैठकमा सहभागी नभएका नेपाल पक्षीय नेताहरू आजको स्थायी कमिटी बैठकमा भने सहभागी भएका हुन् । 

मंगलबार(आज) दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा उनीहरू सहभागी भएका छन् । 

नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त ओलीले आयोजना गरेको स्थायी कमिटीमा सहभागी भएका हुन् । यसअघि ओलीले बोलाएको बैठकमा उनीहरूको अनुपस्थिति रहेको थियो । 

सोमबार अध्यक्ष ओलीको निजी निवास बालकोटमा भएको छलफलमा १० बुँदे कार्यान्वयन गर्नेबारे सहमति भएको थियो । सोही अनुसार आजको बैठकमा सहभागी भएको जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १५:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया