जलविद्युत् कम्पनीले हकप्रद निष्कासनको स्वीकृति नपाउने

जलविद्युत् कम्पनीहरुले हकप्रद निष्कासनको लागि स्वीकृति नपाउने भएका छन् । विद्युत् नियमन आयोगले हकप्रद घोषणा गरेका कम्पनीहरुलाई स्वीकृति नदिने भएको हो ।

जलविद्युत् कम्पनीले बैंकको कर्जा तिर्न तथा नयाँ आयोजना प्रवर्द्धन गर्न भन्दै आफुखुसी हकप्रद निष्कासनको घोषणा गर्ने क्रम बढेसँगै आयोगले कुनै पनि प्रयोजनका लागि हकप्रद निष्कासनका लागि अहिले अनुमति नदिने बताएको हो । 

आयोगले विद्युत सम्बन्धी सेयरको सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिका संशोधनको क्रममा रहेकाले अहिले अनुमति नदिने बताएको हो । संशोधनका क्रममा रहेकै कारण घोषणा गरिसकेका कम्पनीलाई पनि तत्काल जारी गर्न नदिने आयोगका प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए ।

हालको निर्देशिकाअनुसार कम्पनीहरुले आफूखुसी हकप्रद सेयर जारी गर्ने व्यवस्था थियो । व्यवस्थाअनुसार एउटै संस्थाभित्र रहेको कम्पनीले लगातार ३ वर्षसम्म राम्रो मुनाफा गरेमा वा राम्रोसँग सञ्चालन गरेको खण्डमा सोही संस्थाअन्तर्गत रहेर व्यवसाय विस्तार गर्नका लागि मात्रै हकप्रद सेयर निष्कासन पाउने व्यवस्था थियो । यसले जथाभावी हकप्रद सेयर जारी हुने जोखिम थियो ।  

हाल अपि, अरुण काबेली, राधीलगायत आधा दर्जन जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासनको घोषणा गर्दै सूचना नै प्रकाशित गरिसकेका छन् । विद्युत् नियमन आयोगले ०७८ वैशाखमा विद्युत् सम्बन्धी कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिका परिमार्जन गर्न भन्दै मस्यौदा तयार गरी विभिन्न सरोकारवाला निकायसँग राय माग गरेको थियो । सोही रायमा आधारमा निर्देशिका संशोधन हुन लागेको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १७:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया