नेप्सेका सिइओ साउदले दिए राजीनामा

श्रीमतीको नाममा सेयर खरिद गरेको विषयमा विवादमा परेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन् । 

मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका उनले पत्रकार सम्मेलनमार्फत राजीनामाको जानकारी गराएका हुन् । 

छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । साउदले आफ्नो श्रीमतीका नाममा सो सिमेन्ट कम्पनीको सेयर किनेका थिए । 

उनले सो सेयर गोल्डेन सेयरका रुपमा पाएको आरोप छ । साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानामाथि पनि गोल्डेन सेयर लिएको आरोप छ ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १७:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया