अफगानिस्तानमा कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

काबुल– अफगान विद्रोही तालिबानले पछिल्ला दिनमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तीव्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् । 

आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरू २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबर प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ । 

तथापि, एकजना सुरक्षाकर्मी कमालुद्दिन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताएका छन् । उनले भिडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरू धेरै घाइते भएको दाबी गरे । तालिबानले भने आक्रमणका बारेमा केही बताएको छैन । 





  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १६:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया