विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, पर्सा र सिरहामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ विवेक पेट्रोल पम्पस्थित सडकमा प्रदेश नम्बर १–०५–००१ ख ००४९ नम्बरको ट्रकले प्र–१–०२–०४३ प ९१४३ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रामधुनी नगरपालिका–३ बस्ने निराजन खड्का रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका–२५ स्थित सडकमा ना.४ ख ८०३ नम्बरको ट्रकले ना.१६ प ७६०८ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–४ जेलरोड बस्ने विनोद अग्रवाल रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी वयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बा.११ च ३८१४ नम्बरको गाडीले स.६ प ९५९१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्नामा गाउँपालिका–२ ब्रम्हपुरी बस्ने श्रीलाल महरा छन् ।



दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि आरके मेडिसिटी मुसहरनिया धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    
 



  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १५:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया