जनमोर्चा सुदूरपश्चिममा विवाद, लम्साल नेतृत्वमा प्रदेश पार्टी पुनर्गठन

कैलाली। पछिल्लो समयमा राजनीतिक दलहरूमा विभाजन आइरहेका बेला राष्ट्रिय जनमोर्चा सुदूरपश्चिममा पनि विवाद उत्पन्न भएको छ। 

जनमोर्चाको एक समूहले प्रदेश नेतृत्व असक्षम भएको भन्दै विद्रोह गरी प्रदेश पार्टी कमिटि पुनर्गठन गरेको छ। 

हिजो र आज धनगढीमा भएको राष्ट्रिय जनमोर्चाको प्रदेशका अगुवा नेता कार्यकर्ताले प्रदेशका भेला गरी पार्टी पुर्नगठन गरेको छ। जनमोर्चा केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्रीको प्रमुख आथिथ्यमा भेला गरी पार्टी पुर्नगठन गरेको हो । 

यसअघि नन्दराम भट्ट नेतृत्वको जनमोर्चा प्रदेश कमिटि थियो। राष्ट्रिय जनमोर्चा कञ्चनपुरका पूर्वअध्यक्ष एवं केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्सालको नेतृत्वमा प्रदेश कमिटि पुर्नगठन भएको छ। 

गत चैत बुटबलमा सम्पन्न भएको पार्टीको महाधिवेशनबाट प्रदेश कमिटिलाई कार्यकारी बनाउने र पार्टी पुनर्गठन गरेर जनताको जनजिविका एव राष्ट्रियताका सवालमा मुद्दा उठान गर्ने पार्टीले स्प्रीट अघि सारेपनि प्रदेश नेतृत्वले केही गर्न नसकेको भन्दै प्रदेशमा भेला गरेर पार्टी पुर्नगठन गरिएको लम्सालले बताए।

अध्यक्ष लोकेन्द्र लम्सालले पार्टी पुरै दक्षिणपन्थीतर्फ थकेलिरहेका बेला आफूहरुले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेको बताए । 



‘हामीले यो विद्रोह कुनै समानान्तर कमिटि विस्तार गरेका होईनौँ’, लम्सालले भने, ‘पार्टीको विधान एव बुटवल सम्मेलनले अघि सारेको नीति, सिद्धान्त अनुरुप प्रदेश पार्टी पुनर्गठन भएको हो।’ 

पुनर्गठन गरिएको कमिटिमा उपाध्यक्षमा तिलक परिवार, सचिव लछिराम आचार्य, सहसचिव हुकुम सिंह साउद, कोषाध्यक्ष केशव सिंह योगी, सचिवालय सदस्य महेश जोशी, गोविन्द विक, धनबहादुर बोहरा चयन भएका छन्। 



प्रदेश सदस्य प्रकाश ऐर, नरेश झुवाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरख बहादुर विक, निरु विक, सुरेश चौधरी, हरि शर्मा, हरि प्रसाद भट्टराई, मानबहादुर खडका, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेम विक्रम चन्द, लालबहादुर जाग्री चयन भएका छन्। 

सल्लाहकार जयराज भण्डारी, शंकर सोव, सिद्धसिंह विक, कृष्ण पण्डित, उद्धव ऐरसहित ५७ सदस्यीय प्रदेश परिषद कमिटि गठन गरिएको छ भने सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको पुनर्गठन गरिएको छ। 

कञ्चनपुरका जनमोर्चा अध्यक्ष रामबहादुर कार्कीलाई अनुशासनको कारबाही गरेको छ। जनमोर्चा प्रदेशका सदस्य समेत रहेका कार्कीको ठाँउमा अर्का नेता गोबिन्द विकलाई संयोजक तोकेको छ।

यसपटक प्रदेश कमिटिमा युवा पुस्तासहित प्रदेशका ९ वटै जिल्लाको ९० प्रतिशत अगुवा नेता कार्यकर्ताहरुको उपस्थितिमा भेला सम्पन्न गरेको जनमोर्चाले जनाएको छ।

पार्टी पुर्नगठनपछि कैलालीमा आयोजित पत्रकार सम्मेलनमा अखिल छैठौँका केन्द्रीय महासचिव तथा नवगठित जनमोर्चा प्रदेशको सचिवालय सदस्य महेराज जोशीले मूल पार्टी आफूहरूको भएको बताउदै पार्टीका सबै जनवर्गीय संघ संगठन लम्साल नेतृत्वको पार्टीमा गोलबन्द भएको बताए। 

कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्रीले पार्टी पुनर्गठन भएसँगै प्रदेशको सबै जिल्ला, पालिका, वडा तथा गाउँबस्तीसम्म पुग्ने व्यक्त गरेका थिए।

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १५:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया