धितोपत्र बोर्डको सदस्यबाट ढकाल दिए राजीनामा

सर्वोत्तम सिमेन्टको सेयर विवादमा परेका उद्योगी चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य रहेका ढकालले बुधबारदेखि लागु हुने गरी राजीनामा दिएका हुन् । 

धेरै पब्लिक कम्पनीमा आवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए । 

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत विवादमा तानिएका थिए ।
उनको राजीनामासँगै नेपाल उद्योग वाणिज्य महासंघले अर्को व्यक्तिलाई बोर्डको सदस्यका रुपमा पठाउनुपर्नेछ ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १६:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया