साताको दोस्रो दिन पनि बजार राताम्य

साताको दोस्रो दिन पनि सेयर बजार फराकिलो अंकले घटेको छ । नयाँ रेकर्ड कायम गरेको एक सातामै बजारमा पहिरो गएको हो । गत साता बुधबार बजारमा सर्वाधिक बढी २१ अर्ब रुपैयाँको कारोबार भएको थियो । 

बुधबार ४८ अंकले घटेको बजार ३०७६ मा झरेको छ ।  मंगलबार बजार सुरु हुँदा ३२०० बिन्दुनजिक पुगिसकेको सेयर बजार लगातार दुई दिन फराकिलो अन्तरले घटेको हो । यसअघि मंगलबार ५६ अंकले घटेको सेयर बजार  परिसूचकमा कमी आएको हो । 

बुधबार कारोबारमा आएका २२७ कम्पनीमध्ये २१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको हो । बाँकी २०० भन्दा बढी कम्पनीको सेयर मूल्य ह्वात्तै बढेको हो ।  मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि अत्याधिक घटेको छ । २२७ कम्पनीका एक करोड ९५ लाख कित्ता सेयर १२ अर्ब रुपैयाँमा किनबेच भएका छन् ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १६:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया