जनगायक जेबी टुहुरेको निधन भएको छ । कलंकीस्थित घरमा एक्कासी लडेपछि ७८ वर्षीय टुहुरेलाई मंगलबार बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो।
आज दिउँसो १२ः३० बजे डाक्टरले मृत घोषणा गरेको उनको परिवारजनले जनाएको छ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। अहिले १ः३० देखि २ः३० बजेसम्म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिनेछ।
त्यसपछि २ः३० बजे अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ।
मस्तिष्कघातपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको थियो । उनको मस्तिष्कको दाँया भागमा रगत जमेको थियो । सुनसरीको धरान घर भएका उनी २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका थिए ।
उनले आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ, यो देश मुठ्ठीभरलाई त स्वर्ग छु लगायतका चर्चित गीत गाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।