कोभिड-१९ महामारी विरुद्धको लडाइमा सघाउन भारतले नेपाललाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज स्वास्थ्य तथा वातावरण मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त अक्सिजन प्लान्ट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
भारतले दिएको मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ ।
भारतले प्रदान गरेको अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्ने भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
‘दुई देशबीचको गहिरो द्विपक्षीय सम्बन्ध अनुरुप सक्दो सहयोग गर्दै महामारी विरुद्धको लडाइमा भारत सरकार नेपाल र नेपाली जनतासँग सदैव साथमा हुनेछ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।