प्रधानमन्त्रीलाई माधव नेपालले भने : ६ मन्त्रालय छाडेर सरकार गठन गर्नुस्

नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तत्काल सरकारमा नजाने भएको छ । 

एमालेबाट फुटेर बुधबार मात्रै दलको प्रमाणपत्र बुझेको एकीकृत समाजवादीलाई मन्त्री चयनमा सकस परेको बुझिएको छ । 

बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालले आफ्नो भागमा पर्ने ६ वटा मन्त्रालय छाडेर सरकार विस्तार गर्न आग्रह गरेको स्रोतले बताएको छ । 

बुधबार मात्रै पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने घोषणा गरेका थिए ।

मन्त्रीका लागि धेरै नेता आकांक्षी देखिएपछि नेपालले आफ्नो भागमा पर्ने ६ मन्त्रालय छाडेर सरकार विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार २१:२९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया