अमेरिकी राजदुत निकी हेलीद्वारा राजीनामा

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदुत निकी हेलीले मंगलबार राजीनामा दिएकी छन् । साउथ क्यारोलिना की पूर्व गर्भनर हेलीको राजीनामा ट्रम्प सरकारको लागि ठूलो मुद्धाका रुपमा देखिएको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलीको राजीनामा स्वीकृत गरेका छन् । ट्रम्पले पत्रकारहरुलाई हेलीले यो वर्षको अन्तिमदेखि आफ्नो पद छोड्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले फेरि एक पटक निकीसँग काम गर्न चाहेको समेत बताएका छन् । 

हेली २०१७ को जनवरीमा संयुक्त राष्ट्रसंघका राजदुत भएकी हुन् । २०१८ को अप्रिलमा निकीले व्हाइट हाउसका एक वरिष्ठ सल्लाहाकारसँग रुसको प्रतिबन्धको विषयमा दिएको बयान विवाद भएको थियो । 

त्यसपछि व्हाइट हाउसका एक सल्लाहाकारले सञ्चारकर्मीलाई रुसको बारेमा निकीले दिएको बयान भ्रमपूर्ण रहेको बताएका थिए । तर निकीले उक्त आफू कहिलेपनि भ्रममा नपर्ने बताएकी थिइन् । 

निकीले ट्रम्प राष्ट्रपछि बन्नुभन्दा पहिले पनि विवादास्पद बयान दिएकी थिइन् । 


 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार ९:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया