चीन र पाकिस्तानबीच ड्रोन सम्झौता

काठमाडाैं– पाकिस्तानले सेनाको लागि चीनसँग उच्च क्षमता र गुणस्तर भएको ४८ वटा ड्रोन खरिद गर्ने सम्झौता गरेको छ । चीनको सरकारी समाचार पत्रिका ग्लोबल टाइम्समा पाकिस्तान र चीनबीचको भएको सम्झौताको बारेमा उल्लेख गरिएको छ । 

पाकिस्तान र चीनबीचमा भएको ड्रोन खरिदसम्बन्धी सम्झौतालाई ‘विंग लुंग २’ भनिएको छ । उक्त पत्रिकामा उल्लेख गरिएअनुसार पाकिस्तानको एरोनटिकल कम्प्लेक्स र चिनिया एभियसन इन्डस्ट्री कर्पोरेशनले पछि ड्रोनको निर्माण समेत गर्नेछन् । 

चीनका सुरक्षा विशेषज्ञले यो अहिलेसम्मको सबैभन्दा ठूलो निर्यात सम्झौता हुन सक्ने बताएका छन् । समाचारमा उल्लेख भएअनुसार पाकिस्तानी सेना लामो समयदेखि यो ड्रोन खरिद गर्न चाहन्थ्यो । भारत र रुसबीचमा एस–४०० मिसाइल सुरक्षा प्रणालीको सम्झौता भएपछि चीन र पाकिस्तानबीच ड्रोन सम्झौता भएको हो । 

भारतले अमेरिकी प्रतिबन्धपछि रुससँग गएको साता द्विपक्षिय वार्ताको क्रममा एस–४०० मिसाइल सुरक्षा प्रणाली खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार ११:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया