हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

काठमाडौं- हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले 9 लाख ९० हजार कित्ता बराबरको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो । स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।

एक सय अङ्कित मूल्यका ती सेयरको बिक्री तथा बाँडफाँटपछि आमसर्वसाधारणलाई सेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द मङ्सिर ५ गते हुनेछ । न्यूनतम ५० कित्ता र अधिकत्तम चार हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । 

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत रु एक अर्ब ९१ करोड ४१ लाख १४ हजार रहेको छ । माथिल्लो खिम्ती दोस्रोको लागत रु एक अर्ब २३ करोड २२ लाख ६० हजार रहेको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १२:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया