बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ।
गएराति बिरामी भएका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो।
ब्लड प्रेसर कम भएपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको गएराति एक बजे निधन भएको हो।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादव एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।