प्रिमियर लिग : लिभरपुललाई चेल्सीको चुनौती

इंग्लिस प्रिमियर लिग अन्तर्गत  शनिबार (आज) दुई ठूला क्लब लिभरपुल र चेल्सी आमने सामने हुँदैछन् ।

खेल नेपाली समय अनुसार राति सवा १० बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । 

एक अर्काविरुद्ध मैदानमा उत्रिँदा दुवै टोलीको लक्ष्य जित हुनेछ । पछिल्लो समय निकै लयमा देखिएका यी दुईबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

यी दुई टोलीले हालसम्म १८८ खेल खेल्दा लिभरपुलले ८२ र चेल्सीले ६५ खेल आफ्नो पक्षमा पारेका छन् । ४१ खेल बराबरीमा सकिएको छ ।

यी दुई टोलीले पहिलोपटक सन् १९०७ मा एक अर्काको सामना गरेका थिए । तत्कालीन लिग डिभिजन वान (हाल प्रिमियर लिग) अन्तर्गत भएको उक्त खेलमा चेल्सी ४–१ ले विजयी भएको थियो ।

प्रिमियर लिग अन्तर्गत गत सिजनमा भएको पछिल्लो भेटमा पनि चेल्सी १–० ले विजयी भएको थियो ।



प्रिमियर लिग अन्तर्गत शनिबार नै हुने खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा आर्सनलको समाना गर्नेछ ।

नेपाली समय अनुसार साँझ सवा पाँच बजे हुने खेलमा सिटी घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित दर्ता गर्ने प्रयासमा हुनेछ ।



लगातार दोस्रो पराजय बेहोरेर निकै दबाबमा रहेको आर्सनल पनि सिटीलाई हराउँदै आफ्नो लय फर्काउन दाउमा हुनेछ ।

आजै हुने लिगका अन्य खेलमा एन्टन भिल्लाले घरेलु मैदानमा बेन्टफोर्डको समाना गर्दा इर्भटनले अबे मैदानमा ब्राइटनसँग खेल्नेछ ।

न्यू क्यास्टल युनाइटेडले साउथह्यामटन युनाइेटलाई आतिथ्य गर्दा नर्विच सिटीले घरेलु मैदानमा लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्नेछ भने बर्नलीले लिड्स युनाइटेडलाई स्वागत गर्नेछ ।

टोटनह्यामले घरेलु मैदानमा वाटफार्डसँग खेल्दा म्यानचेस्टर युनाईटेडले अबे मैदानमा उल्भ्सको समाना गर्नेछ । 

  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १०:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया