गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत ‘झुम्केली बौजु’ सार्वजनिक भएको छ ।
लामो समयदेखि सञ्चारक्षेत्रमा आबद्ध भण्डारीले यसअघि पनि थुप्रै गीत बजारमा ल्याएका छन् । प्रायः सुदुरपश्चिमको प्रतिनिधित्व गर्ने उद्देश्यले देउडा भाकाका गीतलाई प्राथमिकता दिएको उनी बताउँछन् ।
आफ्नो वेशभूषा, कला, संस्कृतिलाई गीतको माध्यमबाट दर्शक तथा श्रोतामाझमा पुर्याउन पाउँदा सफलताको सिँढी चढेको अनुभुत हुने भण्डारीको भना छ । गीतसंगीतमा लाग्दा धेरै चुनौती सामना गर्नुपरे पनि सुदूरका दर्शक तथा श्रोताको माया पाउँदा निकै खुुसी लाग्ने उनी बताउँछन् ।
गीतमा गायक भण्डारीसँगै गायिका रेखा जोशीको स्वर सुन्न सकिन्छ । सुशील बोहोराको शब्द एवं संगीत रहेको गीतको भिडियोमा स्वयं भण्डारी र गायिका जोशी फिचर्ड छन् ।
भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् भने भिडियोलाई रेखा जोशी अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।