अफगानिस्तानबाट उद्धार गरि ८ जना नेपालीलाई काठमाडौं ल्याइँदै, काबुलमा रहेका ३४ जनालाई सुरक्षित स्थानमा सारियो

अफगानिस्तानबाट उद्धार गरि थप ८ जना नेपालीलाई​ काठमाडौं तर्फ ल्याइँदै गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको मन्त्रालयले बताएको  छ। 

‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा स्थानान्तरण गरिएको छ,’ परराष्ट्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

काबुलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको परराष्ट्रले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १९:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया