हिन्दी सिनेमामा रेखा यस्तो नाम हो जसमा एक गहिरो मौनता महसुस हुन्छ । तर सधैं रेखाको सुन्दरताको चर्चा हुन्छ । सधैं हाँसिरहेको देखिने रेखाको पीडामा मानिसले धेरै महत्व दिएका छैनन् । आज मानिसहरु जहाँ पुग्ने सपना देखिरहेका छन्, रेखा सोही स्थानमा छिन् । रेखालाई यो उपलब्धी सजिलै मिलेको छैन । रेखाले सफलताको शिखर चुम्नका लागि जुन संषर्घ गरिन त्यो एउटा उदाहरण हो ।
रेखाको वास्तविक नाम भानु रेखा गणेशन हो । उनी सन् १९५४ अक्टोवर १० मा जन्मिएकी हुन् ।
जब बच्चा स्कुल जान्छन्, साथीहरुसँग खेल्छन्, रमाइलो गर्छन्, त्यो बेला रेखाले आफ्नो करियर सुरु गरिन् । यो बेला उनले जम्मा तीन शब्द सुनिन् – लाइट, क्यामेरा र एक्सन । यसबारेमा रेखा भन्छिन् ‘म कहिले पनि एक्ट्रेस बन्न चाहन्न थेँ । तर घरको अवस्थाले मलाई त्यहाँसम्म पुर्यायो ।
एक समारोहमा रेखाले आफ्नो पिताको बारेमा भनेकी थिइन् मैले उहाँलाई देखे तर महसुस गरिन । जब मानिस फादर शब्द उच्चारण गर्थे मलाई सबैभन्दा पहिले चर्चका फादर सम्झनामा आउँथ्यो । मैले उनलाई धेरै सम्झिए म भन्दिन । किनकी जुन सम्बन्ध कहिल्यै पनि थिएन म त्यो सम्बन्ध महसुस गर्न सक्दिन ।
अर्को कुनै समारोहमा रेखाले अचम्मको कुरा भनिन् –‘मेरा बुबाले कहिल्यै मलाई देखे जस्तो मलाई लाग्दैन । तर मैले उहाँलाई देखेको छु । उहाँको फिल्म देखेको छु । तर रियल लाइफमा कहिल्यै महसुस गरिन ।
तामिल फिल्मबाट हिन्दी सिनेमामा देखिएकी हुन् रेखा । सुरुमा त्यहाँ पनि उनलाई नराम्रो भन्नेहरु धेरै थिए । किनकी रेखा त्यो जमानाको सुन्दरीको तुलनामा नराम्री थिइन् । किनकी उनी कालो वर्णकी थिइन् । उनी स्लिम थिइनन् ।
तर रेखाले हार मानिनन् । आफूलाई निकै बदलिन । उनले भाषादेखि आफनो रुपरंग सबैमा परिवर्तन ल्याइन् । विस्तारै विस्तारै रेखा त्यो बिन्दुमा पुगिन् जसलाई मानिसहरु सफल भएको मान्छन् । तर त्यस बिन्दुमा पनि रेखाको जीवनमा धेरै कमी थियो । जसलाई जीवन साथी भनिन्छ । मानिसले उनको यो कमी तव महसुस गरे जब उनी आफैले एक अन्तर्वार्तामा आफू के बन्न चाहिरहेकी छिन भन्ने बारे बताइन् ।
रेखाले भनिन् ‘एक्ट्रेस बन्नु कहिल्यै पनि मेरो रुचिको विषय थिएन । म मात्र बिहे गर्न, श्रीमानसँग बस्न र धेरै बच्चा जन्माउन चाहान्थेँ । यो त मेरो भाग्यमा थियो जसकारण म सिनेमा सम्म आइपुगेँ । मलाई केही गुनासो छैन । जे जति पाएँ कृतज्ञ छु । तर पहिला मेरो सपना बिहे गर्नु नै थियो ।’
रेखाको जीवनमा धेरै मानिसहरु आए । आफूभन्दा कम उमेरको पुरुषसँग उनको प्रेमसम्बन्धको किस्सा पनि फैलियो । कतिपय कुरा बाहिर नै आएनन् । तर कुनै पनि हल्लाहरुले रेखामा बदलाव ल्याउन सकेन् ।
रेखाको जीवनमा दुई यस्ता समय आए जसले उनलाई परिवर्तन गराइदियो । पहिलो अमिताभ बच्चनसँग उनको भेट, अर्को मुकेस अग्रवालसँग उनको विवाह
रेखाले एक अन्तरवार्तामा भनिन् ‘कामको मामिलामा अमिताभ जी भन्दा म सिनियर हुँ । तर उनको अगाडि उभिन मसँग हिम्मत थिएन । पहिलो पटक सट दिँदा डरायर मैले डायलग नै बिर्सिएँ । त्यतिबेला उनले सकिन्छ भने आफ्नो डायलग याद गर्नु भनेका थिए ।’
रेखा भन्छिन् ‘यो त मैले सुन्नु नै थियो, मेरो होस उड्यो । म काम प्रति गम्भिर नभए जस्तो भएँ । यो कुराले मलाई नराम्रो असर गर्यो । रेखा र अमिताभको जोडिले १० फिल्मा काम गरे । तर आपसी सम्बन्धमा आएको असमझदारीले उनीहरु फेरि कहिल्यै पर्दामा आएनन् ।
रेखाको बिहेको कुराले पनि उनलाई बदल्न विवश बनायो । कुनै मानिससँगको एक महिनाको भेट पछि रेखाले विहेको खवर सुनाएर सनसनी फैलाएकी थिइन् । तर बिहे हुनु पूर्व नै मुकेश अग्रवालले आत्महत्या गरेका थिए ।
त्यो समय रेखा प्रश्नहरुले घेरिइन् । तर उनी चुप नै बसिन् । उनको विषयलाई लिएर मिडियाले तल्लो स्तरको गसिप पनि बनाए । उनले वास्ता गरिनन् । रेखा यो पीडालाई पनि जितेर अगाडि बढिन् ।
उनी आज पनि कान्जीवरम साडि र सिन्दुर लगाएको देखिन्छिन् । तर गहिरो मौनता उनको आँखामा तैरिरहेको जस्तो देखिन्छ ।
आफनो जीवनको विषयमा रेखा निकै सकारात्मक छिन् । भन्छिन् मेरो जीवनमा जे जस्तो भयो त्यसकारण मलाई जति पीडा भएको भए पनि म ती मानिसहरुप्रति कृतज्ञ छु । किनकी यदि उनीहरु सबै हुँदैन थिए भने म रेखा हुँदैनथेँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।