तेस्रो टेस्टमा इंग्ल्यान्डको सहज जित

भारत विरुद्धको तेस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले सहज जित हात पारेको छ। उसले १ पारी र ७६ रनको फराकिलो जित दर्ता गरेको हो ।

दोस्रो पारीमा भारतले सबै विकेट गुमाउँदै २७८ रन मात्र बनाउन सकेपछि इंग्ल्यान्डले सानदार जित दर्ता गर्‍याे ।

भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक ९१ रनको योगदान दिए । १८९ बलको सामना गरेका उनले १५ चौका प्रहार गरे ।

रोहित शर्माले १५६ बलमा ७ चौका र १ छक्काको मद्दतले ५९ र कप्तान विराट कोहलीले १२५ बलमा ८ चौका सहित ५५ रनको योगदान दिए । रविन्द्र जडेजाले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतको पारी ध्वस्त बनाउने क्रममा इंग्ल्यान्डका ओली रोबिन्सले ५, क्रेग ओभरटनले ३, जेम्स एन्डरसन र मोइन अलीले समान १-१ विकेट हात पारे ।
यसअघि लिड्समा टस जितेर ब्याटिङ थालेको भारत पहिलो पारीमा मात्र ७८ रनमा समेटिएको थियो ।

इंग्ल्यान्डका बलर सामु टिक्न नसकेको भारतका लागि रोहित शर्माले १९ र अजिन्के रहानेले १८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



भारतलाई सस्तैमा समेट्न के्रग ओभरटन र जेम्स एन्डरसनले समान ३-३, ओली रोबिन्सन र साम करनले २-२ विकेट हात पारे ।

कप्तान जो रुटको शतकको मद्दतमा इंग्ल्यान्डले पहिलो पारीमा सवै विकेट गुमाउँदै ४३२ रनको बलियो योगफल तयार पारेको थियो ।



१६५ बलको सामना गरेका रुटले १४ चौकाको मद्दतमा १२१ रनको उत्कृष्ट पारी खेले । १२८ बलको सामना गरेका डेविड मलानले ११ चौकाको मद्दतमा ७० रन जोडे ।

हासिब हामिद १९५ बलमा १२ चौका सहित ६८ र रोरी ब्रन्सले १५३ बलमा ६ चौका र छक्काको मद्दतमा ६१ रनको योगदान दिए ।

भारतका लागि मोहम्मद शामीले ४, जसप्रित बुमराह, मोहम्मद सिराज र  रविन्द्र जडेजाले समान २-२ विकेट हात पारे ।

इंग्ल्यान्डको यो जितसँगै पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा पुगेको छ।

वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिँदा दोस्रो टेस्टमा भारत १५१ रनले विजयी भएको थियो । चौथो टेस्ट सेप्टेम्बर २ देखि लन्डनमा सुरु हुनेछ । 
 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ६:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया