कृषिमन्त्री भन्छन् – कालिमाटी बजार बन्द गर्नुपर्छ

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने बताएका छन् । 

‘मलाई त के लागेको छ भने कालिमाटी बजार बन्द नै गर्नुपर्छ । हामीले अनुगमन गर्यौँ । ५७ वटा स्टल खारेज भएको थियो,’ बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री खनालले भने, ‘तर अहिले २५ वटाले स्टे अर्डर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले विकल्प पनि खोजेका छौँ ।’

कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महँगोमा भाडामा लगाउने क्रम रोक्न केही अघि मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । तर, तीमध्ये २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेका छन् ।

काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा–भैँसीका मासुमध्ये ९० प्रतिशत खान लायक नभएको समेत उनले बताए ।

भेटघाटका क्रममा उनले पाँचवटा राँगाभैँसीको वधशालामा अनुगमन गर्दा चारवटामा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएकाले बन्द गराएको जानकारी दिए ।

उनले भने, ‘काठमाडौंमा उपलब्ध ९० प्रतिशत राँगा र भैँसीका मासु खान लायक छैन । पाँचवटामा अनुगमन गर्दा चारवटा पसल बन्द गरेका छौँ, न्यूनतम मापदण्ड पनि लागू गरेको पाइएन ।’ 



राँगाभैँसीको तुलनामा खसी र कुखुराको मासु भने केही सफा रहेको मन्त्री खनालको भनाइ छ ।



  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १६:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया