थप १३८८ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाभित्र निको हुनेको संख्या २२६० रहेको छ भने मृत्यु हुनेको संख्या २४ रहेको छ । 

हाल देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ६२५ जनाको आइसियू र १६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १७:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया