एएफसी यु–१९ छनोट प्रतियोगिता

काठमाडौं– एएफसी उन्नाइस वर्षमुनि (यु–१९) छनोट प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोली थाइल्यान्ड जाने भएको छ । 

आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्यान्ड छन् । 

नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्यान्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले दोस्रो खेल कात्तिक ९ गते भारतसँग खेल्नेछ भने समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । 

पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रोचरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते थाइल्यान्ड जानेछ । 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १७:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया