भारतीय मन्त्रीमथि यौन दुर्व्यवहारको आरोप

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा चलेको यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउने अभियान #MeToo मार्फत उनीमाथि महिलाप्रति आक्रामक व्यवहार गरेको आरोप लगाइएको हो ।

उनीमाथि एक युवतीलाई होटलको कोठामा भेटघाटका लागि बोलाएको आरोपसमेत लागेको छ । 

एमके अकबर राजनीतिमा आउनुपूर्व एक चर्चित पत्रिकाका सम्पादक थिए ।

आफूमाथि लागेको आरेपका सम्बन्धमा मन्त्री अकबरले प्रतिक्रिया दिएका छैनन् । विदेश मन्त्रालयले पनि अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

तर, अर्का मन्त्री मनिका गाँधीले भने सबै आरोपहरू पुष्टि हुनुपर्ने बताएका छन् । 



#MeToo अभियानअन्तर्गत दुर्व्यवहारका घटनामा नाम जोडिएका मध्ये मन्त्री अकबर सबैभन्दा उच्च ओहदाका व्यक्ति हुन् । यसअघि, मिडिया क्षेत्रका थुप्रै नाम चलेका व्यक्तिहरूको नाम जोडिइसकेको छ ।

पछिल्ला केही दिनमा थुप्रै पत्रकार, कलाकार, लेखक तथा फिल्ममेकरमाथि याैन दुर्व्यवहारको अाराेप लागेको छ । 



  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १९:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया