कोरोना अपडेट : संक्रमित बढे मृतक घटे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २२९५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ११ हजार ८ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा १९ सय २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ४ हजार ३ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १६ जना संक्रमितको निधन भएको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ छ ।

पछिल्लो २४ घण्टामा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो तीन दिनमा नेपालमा ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १६:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया