छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जना पक्राउ

प्रहरीले सुनसरी, मकवानपुर र दाङबाट अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मिला राईलाई करिब २१ किलो गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । त्यसपछि मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

पार्क नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो । 

दाङको लमही नगरपालिका–९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 



पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ शान्तिनगर बस्ने विकास रोका र  सोही ठाउँस्थित अर्नवा बस्ने सुनिल श्रेष्ठ रहेका छन् । 



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १२:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया