देशका बिभिन्न स्थानमा मृत अवस्थामा ६ जना फेला

देशका बिभिन्न स्थानमा मृत अवस्थामा ६ जना फेला परेका छन् । ओखलढुंगा, झापा, लमजुङ, मोरङ, रुपन्देही र कास्कीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ टोड्के बस्ने ४० वर्षीया मीना कुमारी श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–७ स्थित टोड्के सामुदायिक जंगलमा उनी मृत अवस्थामा भेटिएकी हुन् । घरबाट कसैलाई नसोधी हिँडेकी उनको खोजी गर्ने क्रममा सोही जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ । 

झापाको अर्जुनधारा नगरपालिका–६ बिहानी टोल डेरा गरी बस्ने सोही नगरपालिका–१० घर भएकी सावित्रा बिक मृत अवस्थामा भेटिएकी छन् । आफ्नै डेराबाट करिब १ सय मिटर टाढा बाटो छेउमा सोमबार उनी मृत अवस्थामा फेला परेकी छन् । 

लमजुङको सुन्दरबजार नगरपालिका–७ तल्लोबजारस्थित झिगेखोलाको झाडीमा  सोही ठाउँ बस्ने ५२ वर्षीय रामचन्द्र ढुंगाना सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मोरङको केराबारी गाउँपालिका–८ खदम खोलामा सोही गाउँपालिका–१० बस्ने ४० वर्षीय धन बहादुर निरौला सोमबार मृत अवस्थामा फेला परेका छन् । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मैहिना पथस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
कास्कीको पोखरा महानगरपालिका–१४ मझेरी खोलास्थित ढुङ्गामा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 




 



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १३:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया