प्रहरी कार्यालय गएनन् महालक्ष्मी विकास बैंकका सिइओ र ब्रान्च म्यानेजर, म्यानेजर फरार

महालक्ष्मी विकास बैंकका कुमारीपाटी शाखाका ब्रान्च म्यानेजर सुनिलकुमार नेपाल फरार भएका छन् । चाकुपाटकी विष्णु महर्जनले आफूले लिएको ऋण चुक्त गरेपछि धितो राखेको २५ तोला सुन फिर्ता माग्दा नक्कली भएको पुष्टि भएपछि नेपाल फरार भएका हुन् ।

यसअघि नेपाल र महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवाकोटालाई छानबिनका लागि सहयोग गर्न नेपाल प्रहरीले प्रहरी परिसर ललितपुरमा बोलाएको थियो ।

‘आज विहानै देखि हामी यहाँ आएका छौँ,’ विष्णुले फरकधारलाई भनिन्, ‘तर, उहाँहरु अहिलेसम्म आउनु भएन ।’ यसअघि ९ भदौमा प्रहरीले यी दुवैलाई दुई दिनभित्र समस्या समाधान गर्न समय दिएको थियो । 

‘तर, त्यसपछि उहाँहरु फरार हुनुहुन्छ,’ विष्णुले भनिन्, ‘प्रहरी आफैं बैंकको शाखामा पनि पुगेको थियो, तर नेपाल सर हुनुहुन्न भनेर फिर्ता आयो ।’ उनका अनुसार प्रहरीले उनीहरुलाई तत्काल आउन अनुरोध गरेको छ ।

याे पनि पढ्नुहाेस्—

महालक्ष्मी विकास बैंकले धितोमा राखेको सुन ऋण चुक्तापछि नक्कली दियो, तौल कम भन्यो



‘हिजो पनि हामी विहानदेखि साँझसम्म उहाँहरुलाई कुरेर बस्यौँ,’ विष्णुले भनिन्, ‘तर, उहाँहरु आउनु भएन ।’

विष्णुले २०७२ सालमा ऋण लिन २५ तोला सुन धितोमा राखेकी थिइन् । ९ भदौमा उनले आफ्नो ऋण चुक्ता गरेपछि बैंकमा गएर धितो माग्दा आफूले राखेको सुन फेरिएको र नक्कली सुन राखिएको पाएकी हुन् ।



‘यसअघि प्रहरीसँग दुई दिनमा समाधान गर्छौँ भनेर सिइओ साब आएर भन्नु भएको थियो,’ विष्णुले भनिन्, ‘तर, अहिले उहाँहरु आउनु भएको छैन ।’

उल्टै आफूलाई बैंकका कर्मचारीले फोन गरेर धम्काउन थालेको विष्णुले बताएकी छिन् ।


  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १४:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया