बागमतीका ११ प्रदेशसभा सदस्यले छोडे एमाले

बागमती प्रदेशका ११ जना प्रदेश सभा सदस्यले एमाले छोडेका छन् । बागमती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाडेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजी निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) रोज्नेहरूमा  प्रदेश सभा सदस्यहरू राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की छन् ।
 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १५:१६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया