देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २० जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

सो अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । 

मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेको र ५३७ जना आइसियूमा रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १७:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया