साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज परिसूचक ३०४७.२६ बिन्दुबाट सुरु भएको सेयर कारोबार २९७५.८४ बिन्दुमा गएर सेयर कारोबार बन्द भएको हो ।
मंगलबार बजार बन्द हुँदा नेप्से २.२७ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ ।
कुल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय ७ रुपैयँमा सेयर खरिद बिक्री भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको सेयर ओरालो लागेको छ ।
त्यसमा बैंकिङ १.१५, ट्रेडिङ २.८८, होटल तथा पर्यटन १.३३, बिकास बैँक ३.४८, हाइड्रो पावर ३.४६, फाइनान्स ३.०८, ननलाइफ इन्सुरेन्स २.६३, उत्पादन २.८१, माइक्रो फाइनान्स २.८२, लाइफ इन्सुरेन्स २.५९, म्युचुअल फण्ड ०.७७, इन्भेस्टमेन्ट २.५८ तथा अन्य ३.१८ बिन्दुले सेयर घटेको छ ।
कारोबारका आधारमा कर्णाली विकास बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ ।
मनकामना स्मार्ट लघुवित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, सिटिजन म्युचुअल फण्ड शीर्ष स्थानमा रहेका छन् ।
आजको कारोबारमा बढी गुमाउनेहरुमा रुरु जलविद्युत् परियोजना ९.९९, माउन्टेन हाइड्रो लिमिटेड ७.७६, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ६.९२, सिभिल लघुवित्तीय संस्था लिमिटेड ६.५९ र गलेम्दी हाइड्रो लिमिटेडले ५.९४ प्रतिशतले गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।