मूल्य अन्योलले सुपथ मूल्य पसलको चिनी बेचबिखन रोकियो

काठमाडौं– दसैंतिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । नेपाल खाध्य संस्थान, साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेट र दुग्ध विकास संस्थानले मिलेर वा छुट्टाछुट्टै यस्ता पसल सञ्चालन गरिएको छ । 

तर, साल्ट ट्रेडिङको पसलमा चिनीको बिक्री भने भएको छैन । चिनीको अभावले नभई मूल्य निर्धारण नभएका कारण चिनीको किनबेच नभएको हो । 

सरकारले असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको हो । पसल सञ्चालनमा आएको दुई दिनमा ७० रुपैयाँ प्रतिकेजीको दरले बेचिरहेको चिनी त्यसपछि भने नबेच्न निर्देशन आयो र बिक्री रोकियो । अहिले सुपथ मूल्य पसलमा चिनीको थुप्रो छ, तर निर्देशन नभएको कारण बिक्री गर्न नपाएको पसलका कर्मचारी बताउँछन् । 

‘हामीले एकजना ग्रहकलाई ६ केजीका दरले चिनी बेचिरहेका थियौं,’ पसलका कर्मचारी भन्छन्, ‘खै अब कहिले निर्देशन आउँछ, त्यसपछि बेच्ने हो ।’

‘साल्ट टे«डिङले सुपथ मूल्य पसल सञ्चालन गरेको दुई दिनसम्म ७० रुपैयाँ प्रतिकेजीको दरले बेचिरहेको थियो,’ साल्ट ट्रेडिङका प्रमुख कुमार राजभण्डारी भन्छन्, ‘त्यसपछि साल्ट ट्रेडिङको चिनी महँगो भयो भनेर उजुरी परेपछि सरकाले चिनी बिक्री बन्द गर्न निर्देशन दियो ।’

उद्योग मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० नै कायम गर्ने भनेको थियो, तर लेखा समितिले प्रतिकेजी चिनी ६३ रmपैयाँमा बेच्न निर्देशन दिएपछि चिनीको मूल्यमा विवाद बढेको हो ।  



चिनीको मूल्यको विवाद मन्त्रिपरिषद् बैठकसम्म पुगेको थियो । बैठकले चिनीको मूल्य विवाद समाधान गर्न सात सदस्यीय समिति गठन गर्ने निर्णय ग¥यो । मन्त्रिपरिसद्को बैठकले डा. दिलबहादुर गुरुङको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई पाँच दिनमा मूल्य विवाद अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । 

‘प्रतिवेदन सार्वजनिक नहँुदै उद्योग मन्त्रालयले मूल्य तोकेर बेच्न निर्देशन दियो भने हामी चिनी बेच्छौं,’ राजभण्डारी भन्छन्, ‘प्रतिवेदन र्सावजनिक भएपछि सरकारले तोकेको मूल्यमा हामी बिक्री खुला गर्छौं ।’
 



  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १०:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया