आन्तरिक उडानका यात्रुले फेससिल्ड लगाउनु नपर्ने

आन्तरिक उडानका यात्रुले अब फेस सिल्ड लगाउन नपर्ने भएको छ । यद्यपि, स्वास्थ्य सुरक्षाका लागि मास्कको अनिवार्य प्रयोग भने यथावत राखिएको छ । 

कोभिड–१९ को दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेधाज्ञापछि खुलेको आन्तरिक उडान संचालनको दुई महिनापछि यात्रुलाई अनिवार्य गराइएको फेस सिल्डको प्रयोग हटाइएको हो । 

निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न आन्तरिक वायुसेवा कम्पनीले बुधबारदेखि यात्रुका लागि अनिवार्य फेस सिल्डको प्रयोग हटाएका हुन् । 

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले फेस सिल्ड प्रयोगले यात्रुले असहज महशुस गर्नुका साथै कतिपयले जथाभावी फ्याँकेकोले फोहोर भएको बताए । 

‘अहिले मास्क अनिवार्य राखेर फेस सिल्ड हटाएका छौं,’ उनले भने । 

नियमित उडान गर्दै आएका विभिन्न आन्तरिक वायुसेवा कम्पनीले एक साताअघि देखि फेस सिल्ड प्रयोग बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्दै आएका थिए । 



प्राधिकरणबाट मौखिक रुपमा फेस सिल्ड प्रयोग हटाउँदा फरक नपर्ने जानकारी आएसँगै आजदेखि फेस सिल्ड प्रयोग हटाएको होे ।



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १२:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया