ट्रान्सफरकाे तरंग : रोनाल्डो, मेस्सी, केन र एमबाप्पेसम्म

गत सिजनको अन्त्यपछि  खेलाडीहरू युरो कप, कोपा अमेरिकाजस्ता विभिन्न प्रतियोगितामा व्यस्त हुनु र कोरोना महामारीका कारण धेरै क्लब आर्थिक समस्यामा पर्दा धेरैले यो ट्रान्सफर विन्डोमा त्यति हलचल नहुने अनुमान गरेका थिए ।

चर्चित खेलाडीको स्थान्तरणलाई हेर्ने हो भने यो ट्रान्सफर विन्डो विगतका भन्दा निकै चलायमान रह्यो ।

अर्जेन्टिनाका फरवार्ड लियोन मेस्सीले २१ वर्षपछि स्पेनिस क्लब बार्सिलोना छाड्दै फे्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगे । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन क्लबबाट १२ वर्षपछि  इंग्लिस क्बल म्यानचेस्टर युनाइटेड फर्किए । 

बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यान अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड र बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी फर्किए । 

यो समर ट्रान्सफरमा फ्रेन्च क्लब (पिएसजी)ले आफ्नो दबदबा कायम राख्यो । उसले मेस्सीसहित, सर्जियो रामोस, जियानलुइजी डोनारुम्मा, जर्जिनो विज्नाल्डम, अचराफ हाकिमी जस्ता खेलाडीहरूलाई अनुबन्ध गर्दा केलियन एमबाप्पेलाई क्लबमै राख्न सफल भयो । 

जति चर्चा ट्रान्सफर हुनेहरूको भयो, त्यति नै नहुनेको पनि । स्पेनिस महारथी रियल मड्रिडले जति नै प्रयास गरे पनि युवा स्टार केलियन एमबाप्पेलाई भित्र्याउन सकेन। टोटेनह्यामले पनि ह्यारी केनका लागि अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रस्तावलाई बारम्बार अस्वीकार गर्‍याे । 



यो समरमा भएका केही प्रमुख ट्रान्सफर

लियोनल मेस्सी : बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी)



क्रिस्टियानो रोनाल्डो : युभेन्टसबाट म्यानचेस्टर युनाइटेड

एन्टोनी ग्रिजम्यान : बार्सिलोनाबाट एट्लेटिको मड्रिड

रामेलु लुकाकु : इन्टर मिलानबाट चेल्सी

सर्जियो रामोस : रियल मड्रिडबाट पिएसजी​

ट्यामी अब्राहम : चेल्सीबाट रोमा

​जेडन सान्चो : बेरुसिया डर्टमन्डबाट म्यानचेस्टर युनाइटेड

जियानलुइजी डोनारुम्मा : एसी मिलानबाट पिएसजी

राफेल भेरान : रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड

जर्जियो विज्नाल्डम : लिभरपुलबाट पिएसजी

ज्याक ग्रिलिस : एस्टन भिल्लाबाट म्यानचेस्टर सिटी

अचराफ हाकिमी : इन्टर मिलानबाट पिएसजी

इरिक गार्सिया : म्यानचेस्टर सिटीबाट बार्सिलोना

डेविड आलाबा : बायर्न म्युनिखबाट रियल मड्रिड

मेम्फिस डिपाए : लियोनबाट बार्सिलोना

बेन ह्वाइट : ब्राइटनबाट आर्सनल

सर्जियो अगुइरो : म्यानचेस्टर सिटीबाट बार्सिलोना 
 

  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १२:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया