ऋणी ठग्ने महालक्ष्मी विकास बैंकमाथि होला त कारबाही ?

महालक्ष्मी विकास बैंकमा भएको पछिल्लो घटनाक्रमले बैंकिङ क्षेत्रको विश्वासमाथि नै प्रश्न उठाइदिएको छ । 

बैंकले एक ग्राहकलाई सुन धितोमा ठगी गरेको कुरा बाहिरिएपछि सेवाग्राहीहरू सशंकित बनेका छन् । ‘बैंक भनेको विश्वासको कारोबार गर्ने निकाय हो, यस्तो निकायमा यति धेरै धोका ?’ एक सेवाग्राही भन्छन् ।

ठगीमा परेकी भनिएकाे ललितपुरकी विष्णु महर्जनले प्रहरीमा उजुरी दिएपछि उक्त मुद्दा बाहिरिएको हो । महर्जनलले केही वर्षअघि बैंकमा धितो राखेको करिब २५ तोला सुनको ऋण र ब्याज तिर्न जाँदा बैंकले नक्कली सुन दिएर पठाउन खोजेको उनको आरोप छ । सो विषय प्रहरीमा समेत पुगिसकेकोले छानबिनको प्रक्रियामा रहेको छ ।

महालक्ष्मी विकास बैंकमा यसअघि नै योभन्दा ठूलो घोटाला भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महालक्ष्मी विकास बैंकको सुन कर्जाको सात करोड अनियमितता नियमन तथा सुपरीवेक्षणको कमजोरीले भएको निष्कर्ष निकालेको थियो ।

होला त कारबाही ?

बैंकहरूले सुन धितो राखी ऋण दिने सम्बन्धमा कार्यविधि नै नबनाएको र केन्द्रीय बैंकबाट नियमनसमेत नहुँदा आठ वर्षदेखि सो शाखाबाट यसरी अनियमितता भएको सिआइबीको निष्कर्ष छ । अन्य बैंकमा पनि यस्तो कर्जामा ‘क्रसचेक’को सिस्टम छैन ।



सुन कर्जामा विगतमा पनि पटकपटक अनियमितता भएका छन् । सिटिजन्स बैंकको न्युरोड शाखामा पनि यसैगरी अनियमितता भएको थियो । जसमा सिआइबीले २०७५ भदौमा सुन जाँचकी, कर्मचारी र ऋणीलाई पक्राउ गरेको थियो । उक्त प्रकरणमा बैंकमा दुई करोड २८ लाख ३८ हजार रुपैयाँ अनियमितता भएको थियो ।

कागजमा उल्लेखभन्दा सात किलो कम सुन राखेर कर्जा प्रवाह गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंकको धरान शाखामा पनि सुन भनेर फलाम राखी अनियमितता भएको घटनामा प्रहरीले कर्मचारीसहितलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।
 




  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १२:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया