जसपाभन्दा लोसपा ‘स्ट्राेङ्ग’ छ : महन्थ  ठाकुर
फाइल फाेटाे

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीभन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गरेका छन् । 

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् ।

ठाकुरले  भने,'हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, हामी जसपाभन्दा स्ट्रोङ्ग छौँ ।'

तत्कालीन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरू जसपामै रहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुरधाम आगमनलाई  महत्वका साथ हेरिएको छ ।

जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरू जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको अवस्थामा लोसपाका केन्द्रीय नेताहरू जनकपुरधाम आएका हुन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १३:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया