नेकपाका नेताले ध्यान गर्नुपर्छः नारायणकाजी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अध्ययनशील नेताका रुपमा पनि चित्रण गरिन्छ । यसको पछिल्लो उदाहरण उनी आफैंले माइक्रो ब्लगिङ साइट ट्विटरमा प्रष्ट्याएका छन् । किनकि उनी पछिल्लो समय युभल नोअ हरारीको पुस्तक पढ्दै रहेछन् ।

केहीअघि स्यापियन्स र होमो डिउस पुस्तक लेखेर चर्चा कमाएका युभलको नयाँ पुस्तक हो, ट्वेन्टी फस्र्ट लेसन फर द टे्वन्टी फस्र्ट सेन्चुरी । अगस्टको अन्त्यमा प्रकाशित भएको यो किताबमा युभलले ध्यानको विषयलाई विस्तृतमा लेखेका छन् । र, अहिले यही पुस्तक पढ्दै रहेछन्, नारायाणकाजी श्रेष्ठ ।

बिहिबार उनले ट्विटरमा यसको प्रसङ्ग उप्काउँदै नेकपाका नेताहरुलाई अनुरोध पनि गरेका छन्, ध्यान गर्नुहोस् ।

केही दिनयता नेकपाका नेता वामदेव गौतमलाई संसदमा ल्याउन फेरि उपनिर्वाचन गर्ने र उपनिर्वाचन गर्न काठमाडौं क्षेत्र नम्बर ७ ताकिएको विषयलाई लिएर पार्टीमा विवाद देखिएको छ । गौतमलाई सांसद् बनाउन पर्ने कि नपर्ने विषयमा विभिन्न नेताको मत बाझिन थालेको छ । र, यही समयमा नारायणकाजी श्रेष्ठले नेकपाका नेताहरुलाई ध्यान गर्न सुझाव दिएका छन् ।

उनले तत्कालीन नेकपा माओवादी केन्द्रको बैठकमा पनि नेताहरुलाई ध्यानको अध्यास गर्न बारम्बार अनुरोध गरेको उल्लेख पनि गरेका छन् ।





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १३:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया