मकवानपुरमा कांग्रेसले २० गते वडा अधिवेशन गर्ने, इन्द्र बानियाँले प्रदेश सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसले मकवानपुरमा वडा अधिवेशन २० भदौमा गर्ने भएको छ । पार्टी कार्यालयमा बुधबार बसेको जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन अघिकृतसहितको छलफलले यो निर्णय गरेको हो ।

कांग्रेसले देशैभर १८ भदौबाट वडा अधिवेशन सुरु गर्दैछ । अधिकांश जिल्लामा १८ भदौमा नै वडा अधिवेशन भए पनि केही जिल्लामा दुई चार दिनसम्म वडा अधिवेशन चल्न सक्ने कांग्रेसले जनाएको छ ।

बुधबार हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश सभाका सदस्य इन्द्र बानियाँले आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १९:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया