नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको निधन

मोडल तथा कलाकार निशा घिमिरेको आज साँझ मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ ६ बजेर ५१ मिनेट जाँदा निधन भएको अस्पतालले विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।

‘अस्पतालको सिसियूमा उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी अत्यन्त दुखी भएका छौँ ।’

भारत भ्रमणमा दुर्घटनामा परेर घाइते भएकी निशाको २०७८ साल जेठ २७ गतेदेखि नर्भिकमा उपचार भइरहेको थियो ।

उनलाई त्यति बेला देखि नै अक्सिजनको सपोर्टमा राखिएको थियो ।

पछिल्लो समय उनको मुटु र मिर्गौला दुवैले काम गर्न छोडेको थियो ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २०:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया