१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

बुटवल– रुपन्देहीको चरंगेमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छिन् । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बुटवलमा मेला हेर्न आएकी किशोरीलाई गत २३ गते बेलुका ८ बजे मोटरसाइकलमा जंगलमा पुर्‍याई सामूहिक बलात्कार गरेको भन्दै पीडित किशोरीले जाहेरी दिएकी छिन् । सो घटना भएको स्थान रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० मा पर्छ ।  

किशोरीको जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका– १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ । घटनास्थलबाट ४ थान कण्डम र फुटेका चुरासमेत बरादम भएको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चिनजानकै किशोरीलाई उनीहरूले ललाईफकाई गरेर बलात्कार गरेको खुलेको छ । घटनामा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ ।  पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडीका सहचालक हुन् । 


 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १५:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया