उत्तर कोरियाले लिन मानेन कोरोनाविरुद्धको खोप

कोभ्याक्स कार्यक्रम अन्तर्गत दिइने कोरोनाविरुद्धको खोप लिन उत्तर कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाले विश्वका केही देश कोरोना महामारीबाट धेरै प्रभावित बनेको भन्दै ति देशलाई खोप दिन आग्रह गरेको हो ।

उत्तर कोरियाले कोभ्याक्स अन्तर्गत दिन लागिएको ३० डोज खोप लिन अस्वीकार गरेको जनाएको छ । उत्तर कोरियालाई चीनमा बनेको सिनोभ्याक खोप दिन लागिएको थियो ।

कोभ्याक्स कार्यक्रमको उद्देश्य संसारका गरिब देशलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १९ अगस्टसम्म उत्तर कोरियाले कोभिडका एउटा पनि संक्रमित पुष्टि नगरेको जनाएको छ ।

डब्लुएचओको साप्ताहिक रिपोर्टमा उत्तर कोरियामा ३७ हजार २९१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

उत्तर कोरियाले कोभिड महामारी सुरु भएदेखि नै अन्तर्राष्ट्रिय सीमा बन्द गरेर कडा उपाय अपनाएको थियो । गत जुलाईमा पनि कोरोनाको सम्भावित संकटलाई ध्यानमा राख्दै उपलब्ध गराइएको एस्ट्राजेनेकाको खोपको करिब २० लाख डोज पनि लिन अस्वीकार गरेको थियो । 
 





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १०:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया