तालिबानले दियो अफगान क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय टेस्ट म्याच खेल्न अनुमति

तालिबानले अफगानिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई अष्ट्रेलियाविरुद्धकाे अन्तर्राष्ट्रिय टेस्ट प्रतियाेगिता खेल्न अनुमति दिएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकारी हामिद शिनवरीले अनुमति मिलेको जानकारी गराएका हुन् ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अफगान टिमको यो पहिलो अन्तर्राष्ट्रिय टेस्ट म्याच हुनेछ ।

यसभन्दा अगाडि नै अष्ट्रेलियन क्रिकेट बोर्डले टेस्ट म्याच आयोजना गर्नका लागि तयारी भइसकेको जनाएको छ । 

प्रतियोगिता गत वर्ष नै हुने भनिए पनि कोरोना महामारीका कारण हुन सकेको थिएन । 

प्रतियोगिता नोभेम्बरमा हुनेछ । 
 



 

 



 

 

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १०:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया