टिभी अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ।
शुक्लाको मुम्बईस्थित कपुर अस्पतालमा ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो भारतीय मिडियाले जनाएका छन् ।
एक दशकभन्दा लामो समयदेखि सानो पर्दामा सक्रिय शुक्ला बिग बोसको १३ औँ संस्करण जितेपछि निकै चर्चामा आएका थिए ।
‘बालिका वधु’ नामक टिभी सिरियलमा उनले आफ्नो अभिनयको गहिरो छाप छाडेका थिए।
उनले सन् २००८ मा 'बबुलका आँगन' टिभी सिरियलबाट आफ्नाे करिअरकाे सुरुवात गरेका थिए ।
उनकाे निधनमा विभिन्न कलाकार तथा खेलाडीहरूले श्रद्धान्जलि व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।