प्रदेश २ : एकीकृत समाजवादीमा ११ जनाले आज सनाखत गर्दै

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूले आज निर्वाचन कार्यालय पुगेर सनाखत गर्न लागेका छन् ।

एमालेका ११ जना सांसदले आज नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने विशेष स्राेतले जनाएकाे छ ।

नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये एकीकृत समाजवादीतर्फ १३ जना खुलेरै लागेका छन् । 

१३ मध्ये २ जना सांसद जिल्ला बाहिर रहेकाले आज ११ जनाले सनाखत गर्ने प्रदेशसभा सदस्य शत्रुधन महतोले जानकारी दिए । उनले बाँकी २ जना सांसदले अर्को दिन सनाखत गर्ने बताए ।

प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एकीकृत समाजवादी मजबुत स्थितिमा छ । २१ मध्ये माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् । बाँकी ८ जना भने ओलीको पक्षमा छन् ।

प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा छन् । 



त्यस्तै, सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारैन देवी सुडी, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद ओली समूहमा छन् ।



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १४:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया