सडक मर्मतको माग गर्दै विरोध प्रदर्शन

सडक मर्मतको माग गर्दै जनकपुरधामस्थित कुर्थाका स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

पैदल आवतजावत गर्न समेत समस्या भएको भन्दै युवाहरूले टायर बालेर विरोध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका हुन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ परिक्रामा सडकदेखि कुर्थासम्मको बाटो जीर्ण भए पनि स्थानीय जनप्रतिनिधिले सडक मर्मत गर्न कुनै चासो नदेखाउँदा स्थानीय आजित भएका छन् ।

यस सडकखण्डमा पैदल यात्रुका साथै सवारी साधन आवतजावत गर्न समेत कठिनाइ भइरहेको उनीहरूको आरोप छ ।

वर्षातको समयमा प्रत्येक वर्ष सो सडक हिलाम्य बन्दै आए पनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको दुःखेसो छ । 

जनकपुरधाम उपमहानगरपालिका तथा सडक विभागले समेत कुनै चासो नदेखाएपछि आज आफूहरू चक्काजाम गर्न बाध्य भएको स्थानीयले बताए । 



उनीहरूले भ्रष्ट मेयर मुर्दावाद, प्रदेश सरकार मुर्दावादको नारा लगाउँदै जनप्रतिनिधिलाई गालीगलौज समेत गरेका छन् ।



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १४:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया