के गलत गरेकै हुन् राजेश हमालले ?

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल बेलाबेला चर्चाको विषय बन्छन् । कहिले उनले पाएको ‘महानायक’ उपाधि माथि बहस हुने गरेको छ । उनी महानायक हुन् अथवा होइनन् समय समयमा चर्चा र विवाद चर्कै सुनिन्छ ।

महानायकको मौनताप्रति पनि समय समयमा चर्चा हुने गरेको । विभिन्न खाले महामारी र प्राकृतिक प्रकोपका बेला नयाँ पुराना कलाकार बोलिरहेका हुन्छन् । सकेको सहयोग गरिरहेका हुन्छन् । हमाल भने सहयोग त गर्दैनन् । न त महामारी र प्रकोपलाई लिएर बोलिरहेका हुन्छन् । कलाकारहरूले ‘अप्ठ्यारोमा उद्योग र आफ्ना दर्शकका बारेमा बोल्न नसक्ने मान्छे कसरी महानायक हुन्छ ?’ भनेर पनि प्रश्न उठाउने गरेका छन् ।

चलचित्र क्षेत्रमा लामो समय बिताएका हमालको चलचित्र छनौटका कारण पनि बेला बेला आलोचना हुने गरेको छ । उनलाई उनका शुभचिन्तकले जस्तो पायो त्यस्तै चलचित्रमा काम गरेको आरोप लगाउने गरेका छन् । हुन पनि उनले अभिनय गरेका चलचित्रले पोस्टरको पैसा समेत उठाउन नसकेका थुप्रै उदाहरण छन् । हमालले भने चलचित्र उद्योगको विकासका लागि आफूले सबैखाले चलचित्रमा अभिनय गरेको बताउँदै आएका थिए ।

कोरोना कालपछि हमाल म्युजिक भिडियोमा पनि बाक्लै देखिन थालेका छन् । सबै स्टार कलाकार जीविकोपार्जनका लागि म्युजिक भिडियोमा लागेका बेला हमाल पनि देखिए । उनले म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा टिमको ख्याल गरेको देखिएन । हमालले अभिनय गरेका म्युजिक भिडियो चलाउनका लागि पनि भिडियो मेकर्सहरूले भाइरल कलाकारको साथ लिएको देखियो ।

पछिल्लो पटक हमालले अभिनय गरेको अर्को एउटा म्युजिक भिडियो सार्वजनिक भयो । उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै पुनः हमालको विरोध सुरु भएको छ।



उनी पछिल्लो पटक ‘नाचन कान्छी’ बोलको गीतको म्युजिकमा हट मोडलका साथमा स्विमिङ पुलमा रमाउँदै गरेका देखिए । त्यसपछि उनका प्रशंसकहरूले चर्को आलोचना गरिरहेका छन् । उनलाई दर्शकहरूले आफ्नो स्तरको ख्याल नराखेको आरोप लगाएका छन् । भनेका छन्, ‘राजेश हमालले काम गर्दा धेरै कुरामा ध्यान दिनु जरुरी छ ।’ 

दर्शकहरूले हमाललाई गीतको अडियो र मेकिङका बारेमा राम्रो अध्ययन गरेर मात्रै काम गर्न सुझाव दिएका छन् ।



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १५:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया