कैलालीमा प्रहरीमा लगाइदिन्छु भन्दै रकम असुल्ने युवक पक्राउ

कैलाली प्रहरीले प्रहरीमा लगाइदिन्छु भन्दै ठगी गर्ने युवकलाई पक्राउ गरेको छ।

हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पत्रकार सम्मेलन गरी जानकारी दिए । 

उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम मागेका थिए । साथै सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका सिंहमाथि ठगी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १८:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया