जनता समाजवादी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध प्रदेश २ का थप दुईजना प्रदेशसभा सदस्यले आज सनाखत गरेका छन् ।
जसपा छाडेर लोसपातर्फ लागेका प्रदेश २ का प्रदेशसभा सदस्य प्रह्लाद गिरी गोस्वामी र डा.डिम्पल झा शुक्रबार प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।
जसपा छाडेर लोसपामा गएका सांसदहरूलाई दल चुन्नका लगि निर्वाचन आयोगले २२ गते सम्मका लागि समय दिएको छ ।
यसअघि बुधबार लोसपाको पक्षमा ११ जना प्रदेशसभा सदस्यहरुले सनाखत गरेका थिए ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा.डिम्पल झा र प्रह्लाद गिरी गोस्वामी रहेका छन् ।
जितेन्द्र सोनल, अभिराम शर्मा र उपेन्द्र महतोलगायतका प्रदेशसभा सदस्यहरुले अर्को दिन सनाखत गराउने बताइएको छ ।
प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु थिए । जसमध्ये १० जना जसपातर्फ लागेका थिए । अहिले लोसपातर्फ १५ जना प्रदेशसभा सदस्यहरु रहेका छन् ।
१५ मध्ये ११ जनाले बुधबार सनाखत गरेका थिए भने प्रदेशसभा सदस्य प्रह्लाद गिरी गोस्वामी जसपा परित्याग गरी आज लोसपामा प्रवेश गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।